कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (एमाले)को तर्फबाट सहभागी मन्त्रीहरू तत्काल नफेरिने भएका छन्।
नेकपा (एमाले) अध्यक्षको सचिवालयका अनुसार हालका सबै मन्त्रीलाई यथावत् राख्ने निर्णय गरिएको छ। मन्त्री हेरफेरबारे आगामी आर्थिक वर्षको बजेट पारित भएपछि मात्र थप छलफल हुने जनाइएको छ।
हाल एमालेको तर्फबाट सुरेन्द्र पाल भौतिक पूर्वाधार विकास मन्त्री, वीरबहादुर थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा हीरा सार्की आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारीमा कार्यरत छन्।
प्रदेश सरकारभित्र मन्त्री परिवर्तनको चर्चा चलिरहेका बेला एमालेले आफ्नो कोटाका मन्त्रीहरूलाई तत्काल निरन्तरता दिने निर्णय गरेको हो। बजेटपछिको राजनीतिक तथा प्रशासनिक आवश्यकताका आधारमा मन्त्रिपरिषद् पुनर्गठनबारे समीक्षा हुन सक्ने बताइएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी