कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नयाँ मन्त्रीहरूले शपथ लिएका छन्। नेपाली कांग्रेसले मन्त्री हेरफेर गर्दै पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएपछि नयाँ मन्त्रीहरूको नियुक्तिसँगै शपथ ग्रहण सम्पन्न भएको हो।
कांग्रेसबाट बेलबहादुर राना मगर (कञ्चनपुर), मानवहादुर रावल (अछाम) र जुना दानी (बाजुरा) मन्त्रीका रूपमा नियुक्त भएका छन्। उनीहरू सबै दिवानसिंह बिष्ट पक्षका मानिन्छन्।
त्यसैगरी मुख्यमन्त्री कमलबहादुर शाह पक्षबाट विक्रमसिंह धामी (दार्चुला) र मधु भारती (कञ्चनपुर) मन्त्री बनेका छन्।
यसरी कांग्रेसभित्र आन्तरिक शक्ति सन्तुलन मिलाउने प्रयासस्वरूप दुवै पक्षबाट मन्त्रीहरूलाई सरकारमा समावेश गरिएको बताइएको छ। केही दिनअघि बिष्ट पक्षले संसदीय दलमा मुख्यमन्त्री तथा दलका नेता कमलबहादुर शाहविरुद्ध अविश्वास प्रस्तावसमेत दर्ता गरेको थियो।
यसैबीच, एमालेको कोटाबाट हुने मन्त्री हेरफेर भने तत्कालका लागि रोकिएको छ। केन्द्रबाट नयाँ नाम आए पनि अन्तिम समयमा पुरानै मन्त्रीलाई निरन्तरता दिने निर्णय गरिएको स्रोतले जनाएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी