दाङ । भारतीय नागरिकलाई झुटो विवरणका आधारमा नेपाली नागरिकता बनाउन सहयोग गरेको आरोपमा दाङको राजपुर गाउँपालिका–४ का वडाध्यक्षसहित चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही वडाका वडाध्यक्ष रामेश्वर अहिर रहेका छन्। उहाँले भारतीय नागरिक आलम जोल्हालाई वडाको स्थानीय बासिन्दा भएको भनी सिफारिस प्रदान गरेर नागरिकता बनाउन सहयोग गरेको आरोप प्रहरीले लगाएको छ।
इलाका प्रहरी कार्यालय गढवाका अनुसार उक्त प्रकरणमा वडाध्यक्ष अहिरसहित भारतीय नागरिक ४४ वर्षीय आलम जोल्हा, वडासचिव राजकुमार कहार तथा कार्यालय सहयोगी मीना चौधरीलाई पक्राउ गरिएको हो।
प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध नागरिकता सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी