हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारीअन्तर्गत प्रदेश अधिवेशनको औपचारिक सुरुआत आज बागमती प्रदेशबाट गर्दैछ । हेटौँडास्थित हिमालयन दरबारमा आयोजना हुने अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नुहुने कार्यक्रम तय गरिएको छ ।
अधिवेशनमार्फत बागमती प्रदेशको नयाँ नेतृत्व चयन गरिनेछ। प्रदेश सभापति पदका लागि हालका बागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने पुनः प्रतिस्पर्धामा उत्रिन चाहनुभएको छ । उहाँ हाल नुवाकोटबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्छ ।
त्यसैगरी, प्रदेश उपसभापति पदमा डा. रमेश ढकालले दाबी प्रस्तुत गर्नुभएको छ। लामो समयदेखि चिकित्सा क्षेत्रमा सक्रिय रहनुभएका उहाँ जोरपाटीस्थित शंखरापुर अस्पतालका सञ्चालकसमेत हुनुहुन्छ ।
महामन्त्री पदमा वर्तमान महामन्त्री सुरेन्द्र भट्ट पुनः उम्मेदवार बन्ने तयारीमा रहनुभएको जनाइएको छ । रास्वपाको विधानअनुसार बागमती प्रदेश समिति ६५ सदस्यीय हुनेछ । समितिमा सभापति, उपसभापति र महामन्त्री एक–एक जना रहने व्यवस्था गरिएको छ। साथै, दुई जना सहमहामन्त्री रहने र तीमध्ये फरक–फरक लिङ्गको प्रतिनिधित्व अनिवार्य गरिएको छ ।
पार्टीको प्रदेश पदाधिकारी संरचनामा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ताको व्यवस्था रहेको छ । निर्वाचन कार्यतालिकाअनुसार पहिलो चरणमा सभापति तथा प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ। त्यसपछि प्रदेश सदस्यमा निर्वाचित प्रतिनिधिहरूमध्येबाट अन्य पदाधिकारी चयन गर्न दोस्रो चरणको मतदान गरिने व्यवस्था गरिएको रास्वपाले जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी