काठमाडाैं । काठमाडाैंकाे चक्रपथअन्तर्गत बल्खु, ललितपुरको सानेपा र महालक्ष्मीस्थानमा निर्माणाधीन आकासे पुल एक दशक बित्न लाग्दा पनि सम्पन्न हुन सकेका छैनन् । २०७४ सालमा ठेक्का सम्झौता भएका यी पुलहरूको म्याद आठ पटक थप भइसकेको छ भने नवौँ पटक थप्ने तयारी भइरहेको छ । हालसम्म तीनवटै पुलको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको बताइएको छ ।
बल्खु, सानेपा र महालक्ष्मीस्थानमा पुलका खम्बा तथा र्याम्प निर्माण भए पनि अन्य काम अझै बाँकी छन्। चक्रपथ सुधार योजनाका प्रमुख इन्जिनियर आशिका पोखरेलका अनुसार पुलमा जडान हुने रेलिङलगायतका सामग्री कारखानामा निर्माण भइरहेका छन् र असारभित्र सबै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
तीनवटै पुलको निर्माण लागत करिब चार–चार करोड रुपैयाँ रहेको छ। प्रारम्भिक सम्झौताअनुसार २०७५ सालमै काम सम्पन्न हुनुपर्ने भए पनि पटक–पटक म्याद थपिँदा पनि निर्माण पूरा हुन सकेको छैन ।
आकासे पुल निर्माणमा भएको ढिलाइका कारण व्यस्त चक्रपथमा पैदल यात्रुहरू जोखिम मोलेर सडक पार गर्न बाध्य छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी















निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी