काठमाडौं । फिफा विश्वकप फुटबल हेर्न अमेरिका हुँदै मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।
दुवै जना आज बिहान मेक्सिको प्रस्थान गर्ने तयारीमा रहेका बेला अध्यागमन कार्यालयले विदेश जान रोक लगाउँदै विमानस्थलबाट फिर्ता पठाएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका पदाधिकारीहरूलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा नेम्वाङ र राईलाई विदेश जान नदिइएको हो । आर्थिक अनियमिततासम्बन्धी छानबिनका कारण उनीहरू कालोसूचीमा रहेको बताइएको छ ।
विश्वकप २०२६ सम्बन्धी कार्यक्रममा सहभागी हुन विदेश जानुपर्ने भन्दै एन्फा नेतृत्वले प्रतिबन्ध फुकुवा गर्न प्रयास गरेको थियो । यसका लागि अध्यक्ष नेम्वाङ र महासचिव राई सोमबार राखेप पुगेका थिए । तर राखेपले विदेश यात्रा खुला गराउने माग अस्वीकार गरेपछि उनीहरूको यात्रा रोकिएको हो ।
एन्फाको आर्थिक कारोबारबारे छानबिन जारी रहेका बेला अध्यक्ष र महासचिवलाई विमानस्थलबाटै फर्काइएको घटनाले नेपाली फुटबल वृत्तमा नयाँ बहस सुरु भएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी