काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘चमेलीको पोइ’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्देशक एभरेष्ट सूर्य बोहराद्वारा निर्देशित यो पारिवारिक कमेडी फिल्म आगामी असोज १६ गते, दशैंको अवसर पारेर विश्वव्यापी प्रदर्शनमा आउने भएको हो ।
निर्माण चरणदेखि नै चर्चामा रहेको फिल्मले फर्स्टलुक सार्वजनिक गरेसँगै दर्शकमाझ उत्साह बढाएको थियो । फिल्ममा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, अंशु महर्जन, खड्कबहादुर पुन (खबपु), उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
धनलक्ष्मी सिने मेकर्स को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय हुन् । कार्यकारी निर्मातामा उदय विक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य रहेका छन् । निर्देशक बोहराकै कथा रहेको फिल्मको पटकथा लेखनमा शिवम् अधिकारी ले साथ दिएका छन् ।
फिल्मको अर्को विशेष आकर्षण भनेको चर्चित हास्य कलाकार नारायण त्रिपाठीको ठूलो पर्दामा पुनरागमन हो । झण्डै दुई दशकपछि उनी यही फिल्ममार्फत नेपाली सिनेमामा फर्किन लागेका हुन् ।
मुस्ताङ, पोखरा र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मका गीतमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा आरआर फिल्म्सको वितरण रहने फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।
दशैंको बिदामा परिवारसहित मनोरञ्जन खोजिरहेका दर्शकका लागि ‘चमेलीको पोइ’ यस वर्षको बहुप्रतीक्षित कमेडी फिल्ममध्ये एक बन्ने अपेक्षा निर्माण टिमले गरेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी