काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङ पुनः गृहमन्त्री बन्नुहुने भएकाे छ । उच्च स्रोतका अनुसार उहाँले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने तयारी भएको छ ।
गुरूङ पुन गृहमन्त्रीः हुँदा महावीर पुनलाई विज्ञान तथा नवप्रवर्तन मन्त्रालयकाे जिम्मेवारी दिन लागिएको छ ।
स्रोतका अनुसार शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयमा आवश्यक पत्राचारसमेत गरिसकिएको छ । मन्त्रिपरिषद्को निर्णयसँगै गुरुङलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने प्रक्रिया अघि बढाइएको हो ।
यसअघि सम्पत्तिसम्बन्धी विवादमा नाम जोडिएपछि गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिनु भएकाे थियाे ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि