काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने चर्चा सार्वजनिक भइरहेका बेला नेकपा (एमाले)का सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्नुभएको छ।
बस्नेतले सम्पत्तिको स्रोतबारे उठेका प्रश्नमा स्वतन्त्र र निष्पक्ष छानबिनको सट्टा सम्बन्धित पक्ष आफैंले सफाइ दिने प्रवृत्ति बढ्दै गएको आरोप लगाउँदै यसले सुशासन र जनविश्वासमाथि गम्भीर प्रश्न खडा गरेको बताउनुभएको छ।
उहाँले आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने दलहरू नै पारदर्शिता र जवाफदेहिताको विषयमा कमजोर देखिएको टिप्पणी गर्नुभएको छ। जग्गा, सुनदेखि सेयरसम्मको सम्पत्तिको स्रोतबारे वैधानिक प्रश्न उठ्दा स्वतन्त्र छानबिनको व्यवस्था नगरी आफैं समिति गठन गर्ने, आफैंले प्रतिवेदन तयार गर्ने र अन्ततः आफैंलाई निर्दोष साबित गर्ने अभ्यास भइरहेको उहाँको भनाइ छ।
“जग्गा, सुनदेखि सेयरसम्मको सम्पत्तिको स्रोतबारे वैधानिक प्रश्न उठ्छ, आफैं छानबिन समिति बनाइन्छ, आफैंले प्रतिवेदन बुझ्छन् र अन्ततः आफैं चोखिन्छन्। कानुन सबैका लागि बराबर हुनुपर्ने हो, तर यहाँ शक्ति र पहुँचका आधारमा न्यायको परिभाषा बदलिएको छ,” बस्नेतले सामाजिक सञ्जालमा लेख्नुभएको छ।
उहाँले यस्ता गतिविधिले जनविश्वास अभिवृद्धि गर्नुको सट्टा राज्य प्रणाली र सुशासनमाथि थप शंका र प्रश्न उत्पन्न गर्ने दाबी गर्नुभएको छ।
“आफैं धामी, आफैं झाँक्री बनेर गरिएको यस्तो ‘क्लिन चिट’ ले जनविश्वास बढाउँदैन, बरु राज्य प्रणाली र सुशासनमाथि थप प्रश्न खडा गर्छ। यो लोकतन्त्रका लागि गर्वको होइन, लज्जाको विषय हो,” उहाँले उल्लेख गर्नुभएको छ।
सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउने विषयमा औपचारिक निर्णय सार्वजनिक नभइसके पनि उहाँको नाम सम्भावित गृहमन्त्रीका रूपमा चर्चामा आएपछि विभिन्न राजनीतिक दलका नेताहरूले प्रतिक्रिया दिन थालेका छन्।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि