गोरखा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार सञ्चालन पार्टीको विधानअनुसार नभई देशको संविधान र कानुनअनुसार हुनुपर्ने बताउनुभएको छ।
मंगलबार गोरखास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई लक्षित गर्दै पाँच वर्षका लागि जनादेश प्राप्त सरकारले संविधानको मर्म र कानुनी व्यवस्थाअनुसार शासन सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो।
“रास्वपाभित्र के हुन्छ, के हुँदैन भन्ने विषय हाम्रो सरोकारको होइन। उहाँहरूले पाँच वर्ष सरकार चलाउने जिम्मेवारी पाउनुभएको छ र सरकार चलाउनुहुन्छ पनि। तर सरकार चलाउने भनेको पार्टीको विधानले होइन, देशको विधान र संविधानले हो,” थापाले भन्नुभयो।
उहाँले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले आफ्नो सम्पत्तिको स्रोतबारे स्पष्ट जवाफ दिन सक्नुपर्ने पनि बताउनुभयो। आफूहरू सम्पत्ति छानबिनका लागि तयार रहेको उल्लेख गर्दै प्रधानमन्त्री, मन्त्रीलगायत राज्यको नेतृत्वमा रहेका व्यक्तिहरूले पनि आफ्नो सम्पत्तिको वैध स्रोत पुष्टि गर्न सक्नुपर्ने उहाँको भनाइ थियो।
“हामी जसरी छानबिनको सामना गर्न तयार छौँ, त्यसैगरी प्रधानमन्त्री र मन्त्रीहरू पनि आफ्नो सम्पत्तिको स्रोतबारे नागरिकलाई जवाफ दिन सक्षम हुनुपर्छ। नागरिकले यति धेरै सम्पत्ति कहाँबाट आयो भनेर प्रश्न गर्दा त्यसको वैध स्रोत देखाउन सक्नुपर्छ,” उहाँले बताउनुभयो।
सभापति थापाले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि सरकारले गरेको छानबिन प्रक्रियामाथि पनि प्रश्न उठाउनुभयो। छानबिन निष्पक्ष र विश्वसनीय हुनुपर्ने उल्लेख गर्दै उहाँले सम्बन्धित पक्ष आफैँले छानबिन गर्ने र आफैँ निष्कर्ष निकाल्ने प्रवृत्तिले प्रश्न उठाउने बताउनुभयो।
“झाँक्री पनि आफैँ, बोक्सी पनि आफैँ भन्ने अवस्था हुनु हुँदैन। छानबिन प्रक्रिया स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हुनुपर्छ,” उहाँले भन्नुभयो।
थापाले लोकतान्त्रिक शासन प्रणालीमा पारदर्शिता, जवाफदेहिता र कानुनी शासनको पालना अनिवार्य रहेको उल्लेख गर्दै सरकारका सबै निकायले संविधानको भावना अनुरूप काम गर्नुपर्नेमा जोड दिनुभयो।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम