काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको पहलमा विपक्षी दलहरूको बैठक सुरु भएको छ। मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसेको हो।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक वासना थापा तथा सचेतक निश्कल राई सहभागी हुनुहुन्छ। त्यस्तै नेकपा (एमाले)का तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, उपनेता पद्मा अर्याल र प्रमुख सचेतक ऐन महर सहभागी हुनुहुन्छ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेता खुश्बु ओलीलगायत विपक्षी दलका नेताहरू पनि बैठकमा सहभागी भएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक बुधबारसम्मका लागि स्थगित गर्नुभएको थियो।
संसद्को पछिल्लो राजनीतिक अवस्था, सदन सञ्चालन तथा विपक्षी दलहरूको साझा रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…