काठमाडौं । यशोधा फुड्स प्रा.लिले खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट गुणस्तरहीन ठहरिएको निश्चित एक ब्याचबाहेक अन्य सबै करेन्ट चाउचाउ उपभोग गर्न सुरक्षित रहेको जनाएको छ।
कम्पनीले मंगलबार जारी गरेको सूचनामार्फत ‘करेन्ट हट एण्ड स्पाईसी’ १०० ग्रामको उत्पादन मिति २०२६/०२/२३ तथा ब्याच नम्बर ०४ए भएको उत्पादनमा मात्र समस्या देखिएको स्पष्ट पारेको हो।
कम्पनीका अनुसार उक्त उत्पादन मिति र ब्याच नम्बरको चाउचाउबाहेक अन्य मितिमा उत्पादित तथा ब्याच नम्बर ०४ए वा सोभन्दा फरक ब्याच नम्बर भएका सम्पूर्ण करेन्ट चाउचाउ उपभोग गर्न योग्य छन्।
सूचनामा भनिएको छ, “खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनाअनुसार करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति २०२६/०२/२३ र ब्याच नम्बर ०४ए को उत्पादनबाहेक अन्य सम्पूर्ण उत्पादनहरू निर्वाध रूपमा उपभोग गर्न सकिन्छ।”
कम्पनीले उपभोक्ता, बिक्रेता तथा अधिकृत वितरकहरूलाई सो निश्चित ब्याचबाहेकका अन्य उत्पादन ढुक्क भएर उपभोग तथा बिक्री–वितरण गर्न आग्रह गरेको छ।
यसअघि खाद्य तथा गुण नियन्त्रण कार्यालयले उक्त ब्याचको नमुना परीक्षणका क्रममा गुणस्तरसम्बन्धी समस्या फेला परेपछि बजारबाट फिर्ता लिन निर्देशन दिएको थियो। त्यसपछि यशोधा फुड्सले स्पष्टिकरण जारी गर्दै अन्य ब्याचका उत्पादनहरू सुरक्षित रहेको जनाएको हो।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…