काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।
गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ भने महावीर पुन स्वतन्त्र उम्मेदवारका रूपमा म्याग्दीबाट निर्वाचित सांसद हुनुहुन्छ।
गुरुङ यसअघि गत चैत १३ गते गृहमन्त्री नियुक्त हुनुभएको थियो। सम्पत्तिसम्बन्धी विषयमा आलोचना र प्रश्न उठेपछि उहाँले वैशाख ९ गते पदबाट राजीनामा दिनुभएको थियो।
सरकारले उहाँसम्बन्धी छानबिन प्रतिवेदन ग्रहण गरेपछि पुनः गृहमन्त्रीका रूपमा जिम्मेवारी सुम्पिएको हो। शपथ ग्रहणसँगै गुरुङले गृह मन्त्रालय र पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको कार्यभार सम्हाल्ने तयारी गर्नुभएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि