काठमाडौं । हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’को अभिनय रहेको गीतको भिडियो ‘बसौँ हजुर’ सार्वजनिक गरिएको छ । वसन्त थापामगरको शब्द, संगीत तथा स्वर रहेको रोमान्टिक गीतको भिडियोमा जोगिन्दरसँग मोडल सेजल कँफियालाई प्रस्तुत गरिएको छ । हास्य भूमिकामार्फत दर्शकमाझ परिचित जोगिन्दर यस भिडियोमा फरक शैलीमा रोमान्टिक पात्रका रूपमा देखिएका छन् ।
भिडियोमा लामो समय विदेश वा बाहिरी बसाइपछि आफ्नो गाउँ फर्किंदाको अनुभूति, बाल्यकालका साथीभाइसँगको पुनर्मिलन तथा प्रियसीसँगको आत्मीय सम्बन्धलाई मुख्य विषयवस्तु बनाइएको छ । ग्रामीण परिवेश, हरियाली खेतबारी, नदी किनार तथा नेपाली गाउँघरका दृश्यहरूले भिडियोको आकर्षण बढाएको छ ।
भिडियोको छायांकन रामेश्वर हुमागाईं र शौखिन तिमल्सिनाले गर्नुभएको भने सम्पादन शौखिन तिमल्सिनाले गर्नुभएको छ । समन अधिकारीको निर्देशनमा तयार भएको भिडियो ‘रेस्क्यु क्रिएसन’को ब्यानरमा निर्माण गरिएको हो ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…