इटहरी । एमएडब्लु अर्थमुभर्स प्रा. लि. अन्तर्गतको जेसीबी नेपालले इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना गर्दै ग्राहकसँगको विश्वास, साझेदारी र दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य व्यक्त गरेको छ।
कोशी प्रदेशका विशिष्ट ग्राहक, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा उद्योग क्षेत्रका सरोकारवालाको सहभागितामा सम्पन्न कार्यक्रममा जेसीबी नेपालले आफ्ना ग्राहकहरूप्रति कृतज्ञता व्यक्त गर्दै सम्मान तथा पहिचान कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा जेसीबी उपकरण, पार्ट्स, सर्भिस तथा वार्षिक मर्मत सम्झौतामा दीर्घकालदेखि जोडिँदै आएका ग्राहकहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। साथै भारी उपकरण, निर्माण तथा औद्योगिक क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
समारोहको अर्को आकर्षण चाबी हस्तान्तरण कार्यक्रम रह्यो, जहाँ नयाँ जेसीबी मेसिन खरिदकर्तालाई औपचारिक रूपमा चाबी हस्तान्तरण गरिएको थियो। यसले जेसीबीको कार्यक्षमता, टिकाउपन र सेवा सञ्जालप्रति ग्राहकहरूको बढ्दो विश्वासलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ।
नेपाल हेभी इक्विपमेन्ट एसोसिएसनका अध्यक्ष उमाकान्त शर्माले जेसीबी थ्रीडीएक्स सुपर ब्याकहो लोडरको सरप्राइज बुकिङ गरेसँगै जेसीबीको प्रविधि र विश्वसनीयताप्रति उद्योग क्षेत्रको विश्वास थप मजबुत भएको कार्यक्रममा उल्लेख गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जेसीबी नेपालका प्रमुख कार्यकारी अधिकृत तेज प्रसाद सुबेदीले ग्राहकहरूलाई कम्पनीको विकासको आधारस्तम्भका रूपमा चित्रण गर्दै निरन्तर विश्वास र साझेदारीप्रति आभार व्यक्त गरे।
उनले जेसीबी नेपाल विश्वस्तरीय उपकरण, भरपर्दो आफ्टर सेल्स सर्भिस र विश्वासमा आधारित सम्बन्धमार्फत नेपालको पूर्वाधार विकासमा योगदान गर्न प्रतिबद्ध रहेको बताए।
कार्यक्रम अन्तर्क्रियात्मक सत्र, समापन मन्तव्य तथा सामूहिक भोजसहित सम्पन्न भएको थियो।
एमएडब्लु अर्थमुभर्स प्रा. लि. नेपालमा जेसीबीका निर्माण तथा भारी उपकरणहरूको एकमात्र आधिकारिक वितरक हो। कम्पनीले देशभरको सेवा सञ्जालमार्फत प्रामाणिक पार्टपुर्जा, सर्भिस र उपकरण आपूर्ति गर्दै नेपालको निर्माण तथा पूर्वाधार क्षेत्रलाई निरन्तर सहयोग गर्दै आएको जनाएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…