काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समिति अध्यक्ष मनोहरदास मुल निर्विरोध निर्वाचित हुनुभएको छ । संघको सोमबार सम्पन्न नवौं र १०औँ वार्षिक साधारणसभाबाट उहाँ अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
यसअघि मुल संघमा उपाध्यक्ष हुनुहुन्छ । उपाध्यक्षमा आजाद श्रेष्ठ, (अध्यक्ष, युनाइटेड अजोड इन्स्योरेन्स), महासचिव, महेन्द्रकृष्ण श्रेष्ठ, (अध्यक्ष, हिमालयन एभरेष्ट इन्स्योरेन्स) कोषाध्यक्षमा रमेशकुमार निरौला (अध्यक्ष, नेको इन्स्योरेन्स) हुनुहुन्छ । सदस्यहरूमा कुनाल कयाल (अध्यक्ष, सानिमा जिआइसी इन्स्योरेन्स), पवन अग्रवाल, (सञ्चालक, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) हुनुहुन्छ ।
साधारणसभाले निवर्तमान अध्यक्ष राजेन्द्र मल्लको योगदानको कदर गर्दै उहाँलाई कार्यसमितिमा आमन्त्रण गर्ने निर्णयसमेत गरेको छ । नवनिर्वाचित अध्यक्ष मुलले नेपालको निर्जीवन बीमा व्यवसाय अझ व्यवस्थित, पारदर्शी, स्वच्छ तथा प्रतिस्पर्धी बनाउन आफू प्रतिबद्ध रहने बताउनुभएको छ । उहाँले बीमा क्षेत्रको विश्वसनीयता अभिवृद्धि, व्यवसाय विस्तार तथा सरोकारवालाबीचको सहकार्य सुदृढ बनाउने दिशामा संघले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि