काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । तर प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर जारी राजनीतिक विवादका कारण बैठक पुनः अवरुद्ध हुने सम्भावना देखिएको छ ।
प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिएर संसद्को रोष्ट्रमबाट माफी नमागेसम्म सदन सञ्चालन हुन नदिने अडान विपक्षी दलहरूले कायम राखेका छन् । यही विवादका कारण लामो समयदेखि प्रतिनिधिसभाको नियमित कारबाही प्रभावित हुँदै आएको छ ।
आजको सम्भावित कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ। साथै, उहाँले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पनि सदनमा प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने, कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयनको जानकारी गराउने तथा वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रियसभाबाट तोकिएको अवधिभित्र फिर्ता नभएको विषय सदनलाई अवगत गराउने कार्यसूची छ।
त्यसैगरी, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्ने तयारी रहेको छ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…