काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो सफल सञ्चालनको पाँच वर्ष पूरा गरेको अवसरमा चालक-केन्द्रित सेवा मोडेल, आयमा पारदर्शिता, स्वतन्त्र निर्णयको अधिकार तथा लचिलो कार्य वातावरणप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धता पुनः दोहोर्याएको छ ।
नेपालमा पाँच वर्षको यात्रालाई स्मरणीय बनाउने उद्देश्यका साथ कम्पनीले ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ (ड्राइभ विदआउट प्रेसर ) नामक नयाँ ब्रान्ड क्याम्पेन सार्वजनिक गरेको छ । चालकहरूको अनुभव, स्वतन्त्रता र रोजाइलाई केन्द्रमा राखेर तयार गरिएको उक्त क्याम्पेनले डिजिटल यातायात क्षेत्रमा कार्यरत चालकहरूको वास्तविक जीवन, चुनौती र अवसरलाई उजागर गर्ने कम्पनीको विश्वास रहेको छ ।
जुनदेखि अगस्ट २०२६ सम्म सञ्चालन हुने क्याम्पेनले चालकहरूले कहिले काम गर्ने, कुन यात्रा स्वीकार गर्ने र आफ्नो समय तथा आम्दानी कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उनीहरूसँग रहेको निर्णय क्षमतालाई मुख्य सन्देशका रूपमा प्रस्तुत गर्नेछ ।
नेपालमा सेवा सुरु गरेदेखि इनड्राइभले यात्रु र चालकबीच एपमार्फत प्रत्यक्ष रूपमा भाडादर तय गर्न सकिने ‘पियर-टु-पियर’ मोडेललाई प्रवर्द्धन गर्दै आएको छ । कम्पनीकाअनुसार यस प्रणालीले चालकहरूलाई यात्राको छनोट, कार्य समय निर्धारण तथा आम्दानी व्यवस्थापनमा थप नियन्त्रण र स्वायत्तता प्रदान गरेको छ, जसले उनीहरूको व्यावसायिक सन्तुष्टि र दीर्घकालीन सहभागितामा सकारात्मक प्रभाव पारेको छ ।
“पछिल्ला पाँच वर्षमा हामीले चालकहरूले दीर्घकालसम्म विश्वास गर्न सक्ने, पारदर्शी र निष्पक्ष प्लेटफर्म निर्माणमा विशेष ध्यान केन्द्रित गरेका छौं,” इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईले भनिन् । “हामीले निरन्तर रूपमा चालकहरूको आवश्यकतालाई प्राथमिकतामा राख्दै उनीहरूलाई आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनबीच सन्तुलन कायम गर्न सहयोग पुग्ने वातावरण निर्माण गर्ने प्रयास गरेका छौं । लचकता, स्वतन्त्रता र पारदर्शिताका यी मूल्यहरूले नै नेपालमा हाम्रो यात्रालाई मार्गनिर्देशन गरिरहेका छन् ।”
कम्पनीकाअनुसार ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ भन्ने सन्देशले नेपालको डिजिटल यातायात तथा गिग-अर्थतन्त्रभित्र काम गर्ने श्रमिकहरूको कार्य अवस्था, आय सुरक्षालगायत विषयमा भइरहेको समकालीन बहसलाई समेत प्रतिबिम्बित गर्दछ । पछिल्ला वर्षहरूमा राइड-हेलिङ सेवा हजारौं नेपालीका लागि आयआर्जनको महत्त्वपूर्ण स्रोतका रूपमा स्थापित हुँदै गएको छ, जसले रोजगारका वैकल्पिक अवसर सिर्जना गर्न योगदान पुर्याइरहेको छ ।
इनड्राइभले नेपाललाई आफ्नो दक्षिण एशियाली सञ्चालनका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण बजारका रूपमा लिँदै आएको जनाएको छ । कम्पनीले स्थानीय आवश्यकता र बजारको प्रकृतिअनुसार सेवामा सुधार गर्दै दिगो विकास, आर्थिक सशक्तीकरण तथा समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएको छ ।
पाँचौँ वार्षिकोत्सवको अवसरमा कम्पनीले ‘होमकमिङ मिटर’ क्याम्पेनसमेत सुरु गर्ने घोषणा गरेको छ । उक्त पहलअन्तर्गत वैदेशिक रोजगारीका लागि विदेश पुगेका तर पछि स्वदेश फर्किएर प्लेटफर्म-आधारित अवसरमार्फत नेपालमै आफ्नो जीवन र जीविकोपार्जन पुनः स्थापित गरेका नेपाली चालकहरूको प्रेरणादायी यात्रा सार्वजनिक गरिनेछ ।
कम्पनीकाअनुसार ‘होमकमिङ मिटर’ केवल व्यक्तिगत सफलताका कथाहरूको प्रस्तुति मात्र नभई श्रम आप्रवासन, आर्थिक पुनर्स्थापना, उद्यमशीलता तथा स्वदेशमै आयआर्जनका सम्भावनाबारे भइरहेको राष्ट्रिय संवादसँग जोडिएको पहल पनि हो । यस अभियानमार्फत विदेशबाट फर्किएका नेपालीहरूले स्वदेशमै सम्मानजनक रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सक्ने सम्भावनालाई उजागर गरिने विश्वास कम्पनीले व्यक्त गरेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी