काठमाडौं । चेक अनादर मुद्दामा दुई वर्ष कैद सजाय भई फरार रहेका एक जनालाई बूढानीलकण्ठबाट पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका-१० का ६७ वर्षीय फणिन्द्र नेपाल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
वादी युवराज खत्री र प्रतिवादी निज फणिन्द्र नेपाल भएको चेक अनादर मुद्दा (०७७-सी४-१६१५) मा काठमाडौं जिल्ला अदालतको फैसलाले बिगोबापत दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका निजलाई बूढानीलकण्ठ-१० कटारी बस्तीबाट पक्राउ गरिएको उहाँले बताउनुभयो ।
पक्राउ परेका नेपाललाई आज फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।
राजस्व दाखिला
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा दुई हजार ३३७ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । यसबाट राज्यकोषमा रु २१ लाख १८ हजार ५०३ राजस्व दाखिला भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जसअनुसार मादकपदार्थ सेवन गरेका ७५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका एक सय २७, सङ्केत बत्ती उल्लङ्घनकर्ता एक सय ३८ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका एक सय ४८ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ७०, निषेधित क्षेत्रमा हर्न बजाउने दुई सय ५०, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने एक सय ३८, एकतर्फी सडकमा सवारी चलाउने एक सय ४० र अन्य सवारी नियम पालना नगरेका एक हजार २५१ जनालाई कारबाही गरिएको हो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि