हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश अधिवेशन मतदाता नामावली सम्बन्धी विवादका कारण स्थगित गरिएको छ ।
निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन गरी बुधबार बिहानदेखि मतदान प्रक्रिया सुरु गरेको थियो । तर नामावलीलाई लिएर विवाद उत्पन्न भएपछि अधिवेशन स्थगित गरिएको जनाएको छ ।
विवाद बढेपछि निर्वाचन समितिले निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यक्रम स्थगित गर्दै कार्यक्रम स्थल खाली गर्न निर्देशन दिएको थियो । समितिको निर्देशनपछि प्रहरीले कार्यक्रम स्थल खाली गराएको छ ।
निर्वाचन समितिले हालसम्म निर्वाचनका लागि नयाँ मिति तय गरेको छैन । अधिवेशन कहिले पुनः सञ्चालन हुने भन्ने विषयमा पनि कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी