काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले आफूलाई आएको ज्यान मार्ने धम्कीको विषय उठाएपछि नवनियुक्त गृहमन्त्री सुधन गुरुङले आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइने आश्वासन दिनुभएको छ।
प्रतिनिधिसभाको बैठकमा सांसद ओलीले सामाजिक सञ्जालमार्फत आफूलाई धम्की आएको विषय सार्वजनिक रूपमा उठाएपछि गृहमन्त्री गुरुङले त्यसबारे गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रक्रिया अनुसार उजुरी दिन आग्रह गर्नुभएको हो।
गृहमन्त्री गुरुङले संसद भवनभित्रै सांसद ओलीसँग भेट गरी घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइने र दोषीमाथि कानुनअनुसार कारबाही हुने स्पष्ट पार्नुभएको बताइएको छ।
उहाँले घटनालाई औपचारिक प्रक्रियामार्फत अघि बढाउनुपर्ने भन्दै पीडित पक्षलाई सम्बन्धित निकायमा उजुरी दिन सुझाव दिनुभएको हो।
सांसद ओलीले प्रतिनिधिसभामा बोल्दै आफूलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने तथा बलात्कारसम्बन्धी धम्की आएको दाबी गर्नुभएको थियो। उक्त विषय सार्वजनिक भएपछि संसदभित्रै र बाहिर पनि सुरक्षा र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी बहस चर्किएको छ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…