काठमाडौं । नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसदमा देखिएको विद्यमान संकटको समाधान प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हातमा रहेको बताउनुभएको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति गल्ती भएको स्वीकार गरे संसदमा देखिएको अवरोध अन्त्य हुन सक्ने धारणा राख्नुभयो।
उहाँका अनुसार प्रधानमन्त्री शाहले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति रोष्टममा उभिएर तथ्यसँग मेल नखाने र ऐतिहासिक भूल भएको स्वीकार गरेमा संकट समाधान हुने बताउनुभयो।
नेता ‘बादल’ले दोस्रो विकल्पका रूपमा रास्वपा सभापति रवि लामिछानेले पार्टी नेतृत्वको हैसियतमा प्रधानमन्त्रीलाई उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन दिन सक्ने उल्लेख गर्नुभयो। त्यसो भएमा पनि संसदको गतिरोध अन्त्य हुने उहाँको भनाइ थियो।
उहाँले तेस्रो विकल्पका रूपमा सभामुखले प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउने रुलिङ गर्न सक्ने व्यवस्था रहेको उल्लेख गर्दै त्यसो भएमा पनि समस्या समाधान हुन सक्ने बताउनुभयो।
“यो संकटको समाधान दुई जना पात्रको हातमा छ,” उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले आफैं स्वीकार गर्ने वा सम्बन्धित अभिव्यक्ति फिर्ता लिने हो भने संकट हल हुन्छ।”
नेता ‘बादल’ले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यहीन र राष्ट्रहित विपरीत रहेको भन्दै त्यसकै कारण विपक्षी दलहरू विरोधमा उत्रिन बाध्य भएको पनि टिप्पणी गर्नुभयो।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी