काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टिकरणलाई दुर्भाग्यपूर्ण बताउनुभएको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिबारे मन्त्रीहरूले स्पष्टिकरण दिनु विश्वकै राजनीतिक अभ्यासमा अस्वाभाविक भएको टिप्पणी गर्नुभयो।
नेता शाहीले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ वा स्पष्टीकरण मन्त्रीबाट हुनु सरकारको उल्टो अभ्यास भएको भन्दै गम्भीर प्रश्न उठाउनुभयो। उहाँका अनुसार सामान्यतः प्रधानमन्त्रीले आफ्ना मातहतका मन्त्री वा पदाधिकारीको गल्ती सच्याउने परम्परा भए पनि यहाँ त्यसको विपरीत अवस्था देखिएको छ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले गरेको गम्भीर राजनीतिक तथा भूराजनीतिक त्रुटी मन्त्रीहरूले सच्याउनुपर्ने अवस्था आएको छ, जुन दुर्भाग्यपूर्ण हो। यस्तो अभ्यास विश्वको कुनै पनि जिम्मेवार शासन प्रणालीमा देखिँदैन।”
नेता शाहीले प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्ति दिएको विषय अत्यन्त संवेदनशील भएको भन्दै त्यसलाई संसदको रेकर्डबाट हटाउनुपर्ने माग पनि गर्नुभयो।
उहाँले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भई आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने अडान दोहोर्याउँदै यस्तो विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो।
शाहीले सीमासम्बन्धी विवादका कारण सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले थप समस्या भोग्नुपरेको उल्लेख गर्दै सरकारको अभिव्यक्तिले जनजीवनमा समेत असर परेको दाबी गर्नुभयो।
निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी