काठमाडौं । नवप्रतिभा विद्यार्थीहरूको व्यक्तित्व, प्रतिभा, नेतृत्व क्षमता तथा सिर्जनात्मक दक्षताको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस एसइई आइकन २०२६ (सिजन-१३)’ को ग्राण्ड फिनाले काठमाडौंमा सम्पन्न भएको छ । प्रतियोगितामा किशोरीतर्फ तोशारा धनाहा मगर र किशोरतर्फ रोनिश मानन्धरले उक्त ताज पहिरिन सफल हुनुभएको छ । उहाँहरूले जनही दुई लाख रुपैयाँसहित प्रतिष्ठित उपाधि जित्न सफल हुनुभएको हो ।
प्रतियोगिताको किशोरीतर्फ क्रिजल लिम्बु फष्ट रनर्सअप तथा आभा राजोपाध्याय सेकेण्ड रनर्सअप बन्नुभयो । त्यसैगरी हृदिमा तिमल्सिना थर्ड रनर्सअप, स्मारिका तामाङ फोर्थ रनर्सअप तथा सुहासी खड्गी फिफ्थ रनर्सअप घोषित हुनुभयो । किशोरतर्फ ओजल ढाख्वा फष्ट रनर्सअप तथा सुप्रित लामिछाने सेकेन्ड रनर्सअप बन्नुभयो । प्रतियोगितामा विभिन्न विशेष विधाअन्तर्गतसमेत उत्कृष्ट सहभागीलाई सम्मान गरिएको थियो ।
किशोरीतर्फ स्मारिका तामाङ ‘मोस्ट पपुलर विनर’, थेरेशा शाही ‘पब्लिक च्वाइस विनर’ तथा सरगम साउद ‘मोष्ट एक्टिभ’ घोषित हुनुभयो । यशस्वी शाक्यले ‘ब्युटी विथ ब्रेन’, आभा राजोपाध्यायले ‘मिस ट्यालेन्ट’, सुहासी खड्गीले ‘मोष्ट फोटोजेनिक’, कृति शाक्यले ‘वेष्ट स्टोरीटेलिङ’ र ‘वेष्ट कन्टेन्ट क्रिएटर’ तथा विजेता तोशारा धनाहा मगरले ‘फेसन आइकन’को उपाधि प्राप्त गर्नुभयो ।
यस्तै किशोरतर्फ स्वरुप विष्ट ‘मोष्ट पपुलर विनर’, ‘मोष्ट फोटोजेनिक’ र ‘मिस्टर ह्यान्डसम’ घोषित हुनुभयो भने रोनिश मानन्धरले ‘पब्लिक च्वाइस विनर’ तथा ‘मोष्ट इन्टेलिजेन्ट’को उपाधि जित्नुभयो । सुसन मोक्तान तामाङ ‘मिष्टर र्याम्पवाक’ घोषित हुनुभयो ।
प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ शिक्षाविद् डा.लाक्पा शेर्पा, वरिष्ठ ड्रेस डिजाइनर सोनाम सुब्बा लिम्बु तथा इभेन्ट म्यानेजर कामना पौडेल रहनुभएको थियो । कार्यक्रमको कोरियोग्राफी सुमी बानियाँले गर्नुभएको थियो भने सञ्चालन प्रणिमा दाहालले गर्नुभएको थियो ।
ऐरी ब्युटी प्वाइन्ट, सनिल आर्ट तथा उप्स नेपालको प्रायोजन रहेको कार्यक्रमको फोटो तथा भिडियो व्यवस्थापन कथा फोटो फिल्मस्ले गरेको थियो । कार्यक्रम सफल बनाउन संयोजक शम्भुप्रसाद रेग्मी, इभेन्ट म्यानेजर लोमशबहादुर कार्की, लबिशकुमार कार्की तथा सहायक इभेन्ट म्यानेजर रोशनी कार्कीको विशेष योगदान रहेको आयोजकले जनाएको छ ।
आयोजक संस्था एएनपी मिडिया हाउस का प्रबन्ध निर्देशक लबबहादुर कार्कीका अनुसार प्रतियोगिताले एसइई उत्तीर्ण विद्यार्थीहरूमा रहेको अन्तर्निहित प्रतिभा उजागर गर्नुका साथै व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि र सौन्दर्य तथा सिर्जनात्मक क्षेत्रप्रति आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । उहाँले प्रतियोगिता हरेक वर्ष अझ परिस्कृत र प्रभावकारी रूपमा आयोजना गरिँदै आएको जानकारी दिनुभयो ।
विद्यार्थीहरूको प्रतिभा र सम्भावनालाई राष्ट्रियस्तरमा प्रस्तुत गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित ‘मिष्टर एण्ड मिस एसइई आइकन’ले यसवर्ष पनि नयाँ पुस्ताका सक्षम, आत्मविश्वासी र सिर्जनशील प्रतिभाहरूलाई उजागर गर्न सफल भएको आयोजकको विश्वास छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी