काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सीमा क्षेत्रमा भारतीय पक्षबाट हुने अतिक्रमण रोक्न नेपालले प्रभावकारी पहल गर्नुपर्ने बताउनुभएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा समय लिएर बोल्दै उहाँले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने माग पनि गर्नुभयो। उहाँले परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै सीमा विवादजस्तो संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो।
बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल अघि बढिरहँदा पनि अध्यक्ष राईसहित श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएपछि कार्यसूची प्रभावित भएको थियो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले संसद नियमावलीअनुसार अमर्यादित गतिविधि नगर्न र नियमअनुसार धारणा राख्न पटक–पटक आग्रह गर्नुभएको थियो।
लगातारको अवरोधपछि सभामुखले अध्यक्ष राईलाई बोल्न समय दिनुभएको थियो।
अध्यक्ष राईले सीमा अतिक्रमण रोक्न सरकार कूटनीतिक र व्यवहारिक दुवै तहबाट सक्रिय हुनुपर्नेमा जोड दिँदै संसदमा उठाइएका प्रश्नहरूको स्पष्ट जवाफ दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी