काठमाडौं । वरिष्ठ कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ तथा गायिका देविका बन्दनाको नयाँ सांगीतिक प्रस्तुति सार्वजनिक भएको छ । जय नेपाल सिनेमा हलमा आयोजित एक कार्यक्रमबीच उक्त रमाइलो यूगल गीतको भिडियो प्रीमियर गरिएको हो । सार्वजनिक गीतमा मदनकृष्ण श्रेष्ठ तथा देविका बन्दनाको स्वर रहेको छ भने गीतका शब्द पनि स्वयं मदनकृष्ण श्रेष्ठले सिर्जना गर्नुभएको हो ।
भिडियो सार्वजनिक भएपछि गायक, गीतकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठले उक्त गीतसँग सम्बन्धि रोचक प्रसंग सुनाउँदा दर्शक दीर्घामा हाँसोको फोहोरा छुटेको थियो । त्यसक्रममा उहाँले जग्गेमा दुलाहाको भेषमा सजिएर अभिनय गर्ने क्रममा आफूलाई लाज लागेको प्रसंग सुनाउनुभएको थियो ।
गायिका देविका बन्दनाले कलाकार मदनकृष्ण श्रेष्ठसँग यूगल गायन गर्ने आफ्नो लामो समयदेखिको चाहना पूरा भएको बताउँदै नयाँ शैलीको गीतलाई दर्शक तथा श्रोताले मन पराउने धारणा व्यक्त गर्नुभयो ।
अभिनेत्री दीपाश्री निरौलाले पनि मदनकृष्ण श्रेष्ठसँग जोडी बनेर अभिनय गर्ने चाहना पूरा भएको भन्दै निर्देशक भट्ट तथा गायिका देविका बन्दनालाई धन्यवाद दिनुभयो । गायिका देविका बन्दनाको यूट्युबमार्फत सार्वजनिक भएको यो गीतलाई अनिल शाहीले संगीतबद्ध गर्नुभएको छ । संगीतकार शाहीले नै यो गीतमा संगीत संयोजनसमेत गर्नुभएको छ । ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ तथा मास्टरिङ दीप तुलाधरले गर्नुभएको हो ।
केशवराज भट्टद्वारा निर्देशित यो गीतको म्युजिक भिडियो आकर्षक बनेको छ । भिडियोमा मदनकृष्ण श्रेष्ठसँगै दिनेश डिसी तथा दीपाश्री निरौलाको अभिनय छ । भिडियोमा मदनकृष्ण श्रेष्ठ तथा दीपाश्रीलाई दम्पतीको रूपमा प्रस्तुत गरिएको छ । दुबैजनाले आ-आफ्नो सपनामा वैवाहिक समारोहका झलकहरु देख्ने प्रसंग भिडियोमा प्रस्तुत छ । मदनकृष्णले आफ्नो सपनामा दिपाश्रीसँगै विवाह भएको देख्छिन् भने दीपाश्रीले चाहिँ दिनेश डिसीसँग विवाह भएको सपना देखेको प्रसंग गीतमा समेटिएको छ ।
हरि हुमागाईंद्वारा छायांकन गरिएको यो भिडियोमा सम्पादन, कलर तथा ग्राफिक्सको काम मनोज कार्कीले सम्हाल्नुभएको छ । भिडियो निर्माणमा युवराज हुमागाईं सहायक क्यामेराम्यानका रूपमा रहनुभएको छ । प्रकाश व्यवस्थापन सुरेश थापा, रामप्रसाद हुमागाईं, राजेन्द्र हुमागाईं तथा गोकुल हुमागाईंले गर्नुभएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी