काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले संगठनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन विभिन्न विभाग गठन गर्नुका साथै सल्लाहकार समिति तथा कल्याणकारी कोष एवं पेशागत सुरक्षा कोष सञ्चालन समिति गठन गरेको छ । संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा बसेको सचिवालय बैठकले संगठनात्मक संरचनालाई सुदृढ गर्ने उद्देश्यसहित उक्त निर्णयहरू गरेको जनाइएको छ ।
बैठकले प्रचार तथा प्रकाशन विभागको संयोजकमा ध्रुव लम्साल तथा सदस्यमा मिलन ढुंगाना र सनम महर्जनलाई जिम्मेवारी दिएको छ । नीति तथा परामर्श विभागको संयोजकमा सन्दीप सापकोटा तथा सदस्यमा रघुनाथ सापकोटा र विष्णु सुवेदी रहनुभएको छ ।
आर्थिक विभागको संयोजकमा लक्ष्मण सुवेदी चयन हुनुभएको छ भने सदस्यमा सुरक्षा भट्टराई र सीपी जैसी रहनुभएको छ । महिला विभागको संयोजकमा गीता अधिकारी तथा सदस्यमा नीशा बजगाईं र सरिता भारती नियुक्त हुनुभएको छ ।
यसैगरी प्रशिक्षण विभागको संयोजकमा कृष्ण भट्टराई तथा सदस्यमा कुबेर डंगोल र विष्णु शर्मा रहनुभएको छ । अनुशासन विभागको संयोजकमा कुवेर गिरी तथा सदस्यमा शिल्पा अधिकारी र सुजन श्रेष्ठ चयन हुनुभएको छ । कार्यक्रम विभागको संयोजकमा विशाल राई तथा सदस्यमा सुष्मा कार्की र मुना दाहाल (आइशा)लाई जिम्मेवारी दिइएको छ ।
बैठकले संघका पूर्वअध्यक्षहरूको सहभागितामा सल्लाहकार समिति गठन गर्ने निर्णय पनि गरेको छ । समितिको संयोजकमा विदुर गिरी तथा सदस्यमा शान्ति प्रिय र सन्दीप सापकोटा रहनुभएको छ ।
त्यसैगरी संघको कल्याणकारी कोष र पेशागत सुरक्षा कोषलाई एउटै संरचनामार्फत सञ्चालन गर्ने निर्णय गर्दै यसको संयोजकमा शान्ति प्रियलाई चयन गरिएको छ । समितिका सदस्यमा विदुर गिरी, सन्दीप सापकोटा, समीर बलामी तथा गोपीकृष्ण चापागाईं रहनुभएको छ ।
बैठकले विभागीय कार्यसम्पादनलाई प्रभावकारी बनाउन संघका पदाधिकारीलाई समेत विभागगत समन्वयको जिम्मेवारी दिएको छ । प्रचार तथा प्रकाशन विभागमा महासचिव गोपीकृष्ण चापागाईं, नीति तथा परामर्श विभागमा उपाध्यक्ष रघुनाथ सापकोटा, आर्थिक विभागमा कोषाध्यक्ष अञ्जान दाहाल, महिला विभागमा उपाध्यक्ष दीपज्योती थापा, प्रशिक्षण विभागमा सचिव मदन रिजाल, अनुशासन विभागमा सहकोषाध्यक्ष अर्जुन गुरागाईं तथा कार्यक्रम विभागमा उपाध्यक्ष लेखबहादुर आचार्य (कुमार)लाई जिम्मेवारी तोकिएको छ ।
यस्तै, संघको ‘स्पीकर कर्नर’ कार्यक्रमअन्तर्गत मिडिया संयोजनका लागि उपाध्यक्ष लेखबहादुर आचार्य (कुमार), महासचिव गोपीकृष्ण चापागाईं, सचिव मदन रिजाल, कोषाध्यक्ष अञ्जान दाहाल तथा सहकोषाध्यक्ष अर्जुन गुरागाईंलाई जिम्मेवारी प्रदान गरिएको छ ।
महासचिव गोपीकृष्ण चापागाईंद्वारा जारी परिपत्रअनुसार, यी निर्णयहरूले संघको संस्थागत विकास, सदस्यहितका कार्यक्रम सञ्चालन तथा चलचित्र पत्रकारिताको पेशागत सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी