काठमाडौं । नेपालमा फिफा विश्वकप २०२६ को आधिकारिक डिजिटल प्रसारण साझेदार डिगोले विश्वकप हेर्न चाहने दर्शकका लागि नयाँ ‘मोबाइल-ओन्ली’ पास सार्वजनिक गरेको छ । कम्पनीले प्रेस विज्ञप्तिमार्फत् उक्त पासको मूल्य करसहित ५४९ रुपैयाँ निर्धारण गरिएको जनाएको हो ।
विश्वकपको पूर्वसन्ध्यामा डिगोले नेपाली दर्शकलाई लक्षित गर्दै मोबाइलमार्फत् खेल हेर्न सकिने विशेष प्याकेज ल्याएको जनाएको छ । कम्पनीका अनुसार दर्शकहरूले डिगो एपमार्फत् विश्वकपका सबै १०४ खेल नेपाली वा अंग्रेजी कमेन्ट्री (दुवै)मा प्रत्यक्ष हेर्न सक्नेछन् ।
विज्ञप्तिअनुसार मोबाइल-ओन्ली पास खरिद गरेपछि प्रयोगकर्ताले १०८० पी (फुल एचडी) गुणस्तरमा खेलहरू प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन् । डिगोले एपभित्रै केही क्लिकमा पास सक्रिय गर्न सकिने व्यवस्था गरिएको पनि जनाएको छ ।
विज्ञप्तिमा डिगोले दर्शकलाई अनधिकृत स्ट्रिमिङ लिंक तथा नक्कली प्लेटफर्मबाट सावधान रहन आग्रह गरेको छ । यस्ता माध्यम प्रयोग गर्दा व्यक्तिगत तथा बैंकिङ जानकारी जोखिममा पर्न सक्ने भन्दै कम्पनीले आधिकारिक डिगो एपमार्फत् मात्र विश्वकप हेर्न अनुरोध गरेको छ ।
नेपालमा फिफा विश्वकप २०२६ का खेलहरू टेलिभिजनतर्फ हिमालय स्पोर्ट्स च्यानलमार्फत् प्रसारण हुने व्यवस्था गरिएको छ । फिफाले नेपालका लागि दिएको विशेष प्रसारण अधिकारका कारण विदेशी टेलिभिजन च्यानल वा स्ट्रिमिङ प्लेटफर्मले नेपालभित्र विश्वकप प्रसारण गर्न नपाउने व्यवस्था रहेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी