काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो विवादास्पद अभिव्यक्तिबारे सरकारका तर्फबाट आएको स्पष्टीकरण चित्तबुझ्दो नभएको जनाएको छ। यद्यपि, मुलुकको आर्थिक एजेन्डा र बजेटको संवेदनशीलतालाई ध्यानमा राख्दै सदनको अवरोध हटाएर छलफलमा सहभागी हुने निर्णय गरेको छ।
बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले परराष्ट्रमन्त्रीमार्फत आएको सरकारको स्पष्टीकरण पर्याप्त नभएको बताउनुभयो। उहाँका अनुसार प्रधानमन्त्रीको अभिव्यक्ति सत्य हो वा भ्रम भन्ने विषयमा जनतालाई स्पष्ट जानकारी दिनुपर्ने आवश्यकता छ।
उहाँले प्रधानमन्त्रीको जवाफप्रति असहमति रहँदा रहँदै पनि बजेटमाथिको छलफल रोक्न नहुने तर्क प्रस्तुत गर्दै संसदको अवरोध हटाउने निर्णय गरिएको स्पष्ट पार्नुभयो।
प्रमुख सचेतक थापाले भन्नुभयो, “परराष्ट्रमन्त्रीमार्फत आएको प्रधानमन्त्रीको भर्सन सन्तोषजनक छैन। सीमाजस्तो संवेदनशील विषयमा आधिकारिक र स्पष्ट जवाफ नआएसम्म हामी यो विषय उठाइरहनेछौँ।”
उहाँले अब प्रधानमन्त्रीको भौतिक उपस्थितिभन्दा पनि उनको वक्तव्यको ठोस र स्पष्ट जवाफलाई प्राथमिकता दिने बताउनुभयो।
यसैबीच, बजेट निर्माणका क्रममा करका दर हेरफेर र निश्चित व्यापारिक घरानालाई लाभ पुग्ने भनिएको ‘बिवाइडी प्रकरण’मा पनि कांग्रेसले निगरानी बढाइरहेको उहाँले जानकारी दिनुभयो।
निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी