चिनियाँ भूराजनीतिक चिन्तनमा चिनियाँ दर्शनको गहिरो प्रभाव रहेको छ । लाओत्से जस्ता मुर्धन्य चिनियाँ दार्शनिकले चिनियाँ जनजीवनलाई गहिरो प्रभाव पारेको देखिन्छ । लाओत्सेले जीवनमा घाँसजस्तै लचकदार बन्नुपर्ने आग्रह गरेका छन् । हावा र हुरीले घाँसलाई प्रभावित गर्दैन तर वृक्ष एक अंहकारको बिम्ब भएकोले गर्दा हावा र हुरीले वृक्षलाई विखण्डित र धरासाही गर्ने गर्दछ । कूटनीतिमा यो भनाइ अर्थपूर्ण रहेको छ । पश्चिमा सभ्यता आक्रोस र अंहकारले गर्दा घाँसजस्तो लचकदार र समयसापेक्ष हुनसक्दैन । वर्तमान परिवेशमा ट्रम्पको सामरिक नीतिले पश्चिमा दर्शनलाई बिम्बित गरेको छ । अमेरिका-इरान युद्ध जडसूत्रवादी सोचबाट परिचालित रहेको छ तर चिनियाँ नीति बडो पेचिलो, गहिरो र दूरदृष्टिमा आधारित रहेको पाइन्छ । चिनियाँ सामरिक नीति चिनियाँ मनोग्रन्थीबाट प्रभावित रहेको पाइन्छ ।
चिनियाँ कम्युनिष्ट पार्टीले युद्धको माध्यमबाट शत्रुलाई पूर्णरूपमा निर्मुल गर्न खोजेको पाइँदैन । सन् १९३८ ताका माओले कम्युनिष्ट पार्टीको युद्धनीतिलाई सार्वजनिक गरेका थिए । युद्धको माध्यमबाट शत्रुपक्षलाई आफ्नो एजेण्डा स्वीकार गर्नुमात्रै कम्युनिष्ट पार्टीको नीति रहेको कुरा माओले उद्घोष गरेका थिए । अमेरिकी भाष्य यसविपरीत रहेको छ ।
कुनै पनि मुलुकसँग मुडभेड र द्वन्द्व हुँदा चिनियाँ कम्युनिष्ट पार्टीले प्रचारबाजीलाई क्षेप्यास्त्रको रूपमा प्रयोग गर्ने गर्दछ । युद्ध सुरु हुनुभन्दा अगाडि शत्रुराष्ट्रप्रति नकारात्मक भावनालाई संप्रेणण गर्दै जनतालाई पार्टीसँग जोड्न चिनियाँ कम्युनिष्ट पार्टीले भगिरथ प्रयास गर्ने गर्दछ । एक अमेरिकी लेखकले चिनियाँ सामरिक भाष्यलाई दुई भागमा विभक्त गरेका छन् । पहिलो भागमा प्यासिफिकेसन (सरलीकरण) र दोस्रो भागमा मोबिलाइजेसन (परिचालन) भनेकी छिन् । अर्थात् मोबिलाइजेसनको माध्यमबाट चिनियाँ कम्युनिष्ट पार्टीले सरकारको पक्षमा भाष्य निर्माण गर्ने गर्दछ भने प्यासिफिकेसनको माध्यमबाट वार्ताको ढोकालाई सहज बनाउने गर्दछ ।
चीनले हरेक युद्ध गर्दा आफूमाथि अन्याय भएको जिकिर गर्ने गर्दछ । तदनुरूप भाष्य निर्माण गर्ने गर्दछ । ५० को दशकमा कोरियासँगको युद्ध, ताइवानको सेरोफेरोमा अमेरिकासँगको संग्राम, सन् १९६२ मा भारतसँगको युद्ध, सन् १९६९ मा सोभियत रूससँगको भिडन्त र सन् १९७९ मा भियतनाम युद्धमा समेत चीनले प्रचारबाजीलाई महत्वपूर्ण अस्त्रका रूपमा प्रयोग गरेको थियो । चिनियाँ सामरिक नीतिले शत्रुराष्ट्रको कमजोर कडीमा प्रहार गर्ने गर्दछ । चिनियाँ कम्युनिष्ट पार्टीको उदय हुनुभन्दा पहिले नै सीनकवयजेकको नेतृत्वमा चीनले सुरक्षा परिषद्को स्थायी सदस्यता प्राप्त गरिसकेको थियो । द्वितीय विश्वयुद्धपश्चात् अमेरिका एसियामा एक महाशक्तिको खोजीमा रहेको थियो । सोभियत रूसलाई सन्तुलन गर्नसमेत चीनको आवश्यकता अमेरिकालाई रहेको थियो ।
यही परिवेशमा चीन अमेरिकासँगको सम्बन्धलाई कूटनीतिक रूपमा पुँजीकृत गर्दै सुरक्षा सदस्य बन्न सफल भएको थियो । कम्युनिष्ट पार्टीको उदय उपरान्त चिनियाँ नीतिमा व्यापक परिर्वतन देखियो । अमेरिकाको सहयोग र सद्भावले सुरक्षा सदस्यता प्राप्त गरे तापनि अमेरिकालाई प्रधानशत्रुको रूपमा चीनले उद्घोष गर्यो । चिनियाँ कम्युनिष्ट पार्टीले युद्धको माध्यमबाट शत्रुलाई पूर्णरूपमा निर्मुल गर्न खोजेको पाइँदैन । सन् १९३८ ताका माओले कम्युनिष्ट पार्टीको युद्धनीतिलाई सार्वजनिक गरेका थिए । युद्धको माध्यमबाट शत्रुपक्षलाई आफ्नो एजेन्डा स्वीकार गर्नुमात्रै कम्युनिष्ट पार्टीको नीति रहेको कुरा माओले उद्घोष गरेका थिए तर अमेरिकी भाष्य यसविपरीत रहेको छ ।
शत्रुलाई पूर्णरूपले कमजोर र निर्मुल पार्ने पश्चिमा दृष्टिकोण रहेको छ । भर्खरै ट्रम्पले इरानको पाँच हजार वर्षको सभ्यतालाई पूर्णरूपले नष्ट गर्ने उद्घोष गरेको थियो । अर्थात् कम्युनिष्ट पार्टीले शत्रुलाई दवावमा राखेर कालान्तरमा मित्रता निर्माण गर्ने दृष्टिकोणका साथ अगाडि बढ्ने आग्रह गरेको पाइन्छ । चिनियाँ सामरिक नीतिलाई विद्वानहरूले ‘हट सेभिङ’ (समस्यालाई तातो बनाइराख्ने) सिद्धान्तका रूपमा व्याख्या गरेका छन् । अर्को शब्दमा भन्ने हो भने चीनले समस्यालाई पूर्णरूपमा समाधान गर्न खोजेको हुँदैन । समस्यालाई बेलाबखतमा तातो बनाउँदै शत्रुपक्षलाई दबाबमा राख्न चीनले नीति लिएको हुन्छ । जापानलाई दबाबमा राख्न सिनकाकु टापुलाई ‘हट सेभिङ’ नीतिअर्न्तगत बेलाबखतमा समस्या बढाइरहेको पाइन्छ ।
घरेलु उपभोग कर्ताको क्रयक्षमता कमजोर रहेको अवस्थाले गर्दा चीन बजारको खोजीमा छ । युरोपेली बजार शिथिलीकरणको अवस्थामा छ भने मध्यएसिया युद्धले आक्रान्त छ । अफ्रिकी मुलुकहरूमा क्रयक्षमता कमजोर छ । यही परिवेशमा चीनले भारतप्रति नयाँ सामरिक नीतिको साथ अगाडि बढ्ने संकेत गरेको छ ।
फिलिपिन्सलाई पनि यही नीतिबाट चीनले दबाब दिइरहेको हुन्छ । छिमेकीहरूलाई बेलाबखतमा चिनियाँ सामरिक शक्तिको हुंकार र डंकाबाट दबाबमा राख्न चीनको दक्षिण सागरमा समेत चीनले यही नीति लिएको हुन्छ । चिनियाँ सामरिक नीतिको भाष्य निर्माण गर्न बहुत अब्बल रहेको पाइन्छ । इतिहासको हरेक घटनालाई आफ्नो सामर्थ्य र पौरखसँग जोड्न चीन माहिर खेलाडी रहेको पाइन्छ । सन् १९३५ ताका माओले चिनियाँ कम्युनिष्ट पार्टीको कार्यकर्तालाई चीनको दक्षिण पूर्वबाट ९० हजार कार्यकर्तालाई चीनको अर्को कुनामा परिचालित गरेका थिए । कम्युनिष्ट पार्टीको इतिहासमा कार्यकर्ता परिचालनमा यो महान् यात्रा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको दाबी रहेको छ । सो यात्रामा ६ हजार कार्यकर्तामात्र बाँच्न सफल भएका थिए ।
बाँकी सबैले सहादत प्राप्त गरेका थिए । जापानले त्यस बखत आक्रमण नगरेको भए तत्कालीन सत्ताले कम्युनिष्ट पार्टीको सम्पूर्ण कार्यकर्तालाई हत्या गर्ने थियो । यो परिघटनालाई कम्युनिष्ट पार्टीले सहादतको यात्रासँग जोडेको पाइन्छ । त्यस्तै कम्युनिष्ट पार्टीको सांस्कृतिक क्रान्ति र राष्ट्रियकरणको नीतिले दुई करोडभन्दा अधिक मान्छे भोकमरीको सिकार भएका थिए । कम्युनिष्ट पार्टीले यसलाई त्याग र बलिदानसँग जोडेर व्याख्या गरेको पाइन्छ । चिनियाँ कम्युनिष्ट पार्टीको अब्बल पक्षलाई दृष्टिगोचर गर्नसमेत जरुरी देखिन्छ । कोलम्बिया विश्वविद्यालयका एक मुर्धन्य चिनियाँ विद्वानले आफू अब्बल छात्र भएको भए कम्युनिष्ट पार्टीको सदस्य हुन पाउँथे भने जिकिर गरेका थिए ।
अर्थात् चिनियाँ कम्युनिष्ट पार्टीले शैक्षिक अब्बलतालाई उच्च प्राथमिकता दिएको पाइन्छ । इतिहासको आरोह र अबरोहमा ८० करोड नागरिकलाई गरिबीको रेखामुनिबाट बाहिर निकालेको इतिहास कहीँ पाइँदैन । यो चिनियाँ कम्युनिष्ट पार्टीको अब्बल पक्ष रहेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले जनताको स्वतन्त्रतालाई पार्टीको पोलिटब्युरोमा बन्धक राख्दै सम्पूर्ण भौतिक सुविधा जनतालाई उपलब्ध गराउन दृढ संकल्पित रहेको पाइन्छ । विश्व इतिहासमा चीनले गरेको अभूतपूर्व विकास कहीँ पनि दृष्टान्त पाइँदैन । चिनियाँ सामरिक नीतिले वर्तमान भूराजनीति चीनको पक्षमा भएको जिकिर गरेका छन् । हरेक देशको कमजोरीबाट फाइदा लिनु चिनियाँ रणनीति रहेको पाइन्छ ।
सन् १९६९ मा सोभियत रुसबाट पराजित भएको चीन हाल रसियालाई भरथेग गर्न सर्मथ भएको छ । वर्तमान परिवेशमा चीन पूर्णरूपमा निर्यात अर्थ व्यवस्थामा आधारित रहेको छ । घरेलु उपभोग कर्ताको क्रयक्षमता कमजोर रहेको अवस्थाले गर्दा चीन बजारको खोजीमा छ । युरोपेली बजार शिथिलीकरणको अवस्थामा छ भने मध्यएसिया युद्धले आक्रान्त छ । अफ्रिकी मुलुकहरूमा क्रयक्षमता कमजोर छ । यही परिवेशमा चीनले भारतप्रति नयाँ सामरिक नीतिको साथ अगाडि बढ्ने संकेत गरेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी