काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त हुनुभएको छ । बैंकको बुधबार बसेको १८५औँ सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उहाँले सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्नुहुनेछ । रेग्मी ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।
यसअघि बैंकको संस्थापक समूह विशाल ग्रुपको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा सदस्य तथा अध्यक्षको भूमिकामा रहनुभएका अनुज अग्रवालले राजीनामा दिनुभएको थियो । सोही बैठकले अग्रवालको राजीनामा स्वीकृत गर्दै विशाल ग्रुपकै तर्फबाट दीपककुमार अग्रवाललाई नयाँ सञ्चालक सदस्यका रूपमा नियुक्त गरेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी