काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आजबाट औपचारिक रूपमा सुरु हुँदैछ। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यस संस्करणको उद्घाटन यसअघि कहिल्यै नभएको शैलीमा तीनवटै आयोजक राष्ट्रमा छुट्टाछुट्टै समारोहमार्फत गरिने भएको छ ।
फिफाले यस पटक विश्वकपलाई सांस्कृतिक विविधता र संगीतमार्फत पनि विशेष बनाउन विश्व चर्चित कलाकारहरूको लामो सूची सार्वजनिक गरेको छ। उद्घाटन समारोहमा पप, हिपहप र ल्याटिन संगीतका चर्चित कलाकारहरूले प्रस्तुति दिनुहुनेछ ।
मेक्सिको सिटीमा हुने पहिलो समारोहमा कोलम्बियन गायिका शाकिरा र नाइजेरियाली कलाकार बर्ना ब्वाय मुख्य आकर्षण रहनुभएकाे छ । उहाँहरूसँगै जे बाल्भिन, अलेजान्द्रो फर्नान्डेज, ड्यानी ओसन, बेलिन्डा, लिला डाउन्स र टाइला लगायतका कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ।
क्यानडाको टोरन्टोमा हुने समारोहमा बलिउड अभिनेत्री तथा नर्तकी नोरा फतेही सहभागी हुनुहुनेछ । उहाँसँगै माइकल बुब्ले, अलेसिया कारा, अलानिस मोरिसेट, जेसी रेयेज, इलियाना र अन्य कलाकारहरूको प्रस्तुति रहनेछ। नोरा फतेही विश्वकप उद्घाटन समारोहमा प्रस्तुति दिने पहिलो बलिउड कलाकार बन्ने बताइएको छ।
यस्तै, अमेरिकाको लस एन्जलसमा आयोजना हुने उद्घाटन समारोहमा विश्व चर्चित गायिका केटी पेरी मुख्य आकर्षणका रूपमा रहनुहुनुछ । उहाँसँगै फ्युचर, अनिटा, लिसा, रेमा र टाइला ले पनि सांगीतिक प्रस्तुति दिनुहुनेछ ।
फिफा विश्वकप २०२६ इतिहासकै सबैभन्दा ठूलो संस्करण हुनेछ, जसमा ४८ टोलीको सहभागिता रहनेछ भने प्रतियोगिताभर १०४ खेल खेलाइनेछन्। प्रतियोगिता आज सुरु भएर जुलाई १९ सम्म सञ्चालन हुनेछ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी