रौतहट । राैतहटमा भंडारण गरेर राखिएको लाखाैँ मुल्य पर्ने फर्सीकाे बीउ प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहटको बौधीमाई नगरपालिका-७ बंकुल टोलस्थित नेपाल-भारत सीमावर्ती क्षेत्रमा लुकाइछिपाइ राखिएको करिब १३ हजार किलाे फर्सीको बिउ नियन्त्रणमा लिन खोज्दा स्थानीयले अबरोध गरे पछि स्थानीयवासी र सुरक्षाकर्मीबीच झडप भएको छ ।
बुधबार साँझ करिब ७:३० बजे बंकुलमा रहेको मस्जिद पछाडि सीमावर्ती बाटो नजिक त्रिपालले छोपेर राखिएको फर्सीको बिउ नियन्त्रणमा लिने क्रममा स्थानीयले अवरोध गरेपछि झडप नियन्त्रणमा लिनकाे लागि सुरक्षाकर्मीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमको कमाण्डमा ५४ जना तथा सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा २० जनाको टोली संयुक्त सुरक्षाकर्मी परिचालन भई ठुलो मात्रामा फर्सीकाे बीउ बरामद गरिएको छ ।
प्रहरीले अश्रुग्यास प्रहार गरे पछि भिड तितरबितर भए पश्चात् उक्त क्षेत्रको अवस्था सामान्य भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गाैतमकाअनुसार झडपमा तीन जना स्थानीय र तीन जना प्रहरी कर्मचारी घाइते भएका छन् । घाइते स्थानीयमध्ये बौधीमाई-७ निवासी ४० वर्षीया सुदामा देवी राय र ४० वर्षीया हिरा मोतिया देवी यादवको शरीरमा सामान्य चोट लागेको छ भने ४५ वर्षीय जयलाल ठाकुर हजामको बाँया खुट्टामा काटिएको तथा चोट लागेकाले अवस्था मध्यम रहेको छ ।
घाइते स्थानीयहरुकाे उपचार चन्द्र ज्योति कान्ती अस्पताल, बंकुलमा उपचार भइरहेको छ भने घाइते प्रहरी जवान गजेन्द्र यादवको बाँया खुट्टामा, प्रहरी सहायक हवल्दार सम्झना चौधरीको दाहिने खुट्टामा तथा प्रहरी सहायक हवल्दार देवराज महतोको दाहिने खुट्टाको घुँडामुनि चोट लागेकोमा प्रादेशिक अस्पताल गौरमा उपचारपछि कार्यालय फर्किएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट लाखाै मुल्य पर्ने ३ सय २२ बोरा फर्सीको बिउ बरामद गरेको छ । प्रति बोरा ४० किलोग्रामका दरले कुल १२ हजार ८८० किलोग्राम रहेको फर्सीकाे बिउको प्रति बोरा २८ हजार रुपैयाँ मूल्यका आधारमा बरामद गरिएको अनुमानित मूल्य ९० लाख १६ हजार रुपैयाँ बराबरकाे रहेकाे डिएसपी गाैतमले जानकारी दिनु भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी