काठमाडाैं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिनुभएको छ ।
बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र बदनाम गर्ने प्रयास गरेको भन्दै उहाँ समितिमा भावुक सुनिनु भयो ।
"दुई अर्व होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु," अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भन्नुभयो, "यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरुमा छ ?
विद्युतीय गाडीसम्बन्धी कर तथा नीतिगत व्यवस्थामा सूचना चुहावट भएको भन्दै पछिल्ला दिनमा विभिन्न आरोपहरू सार्वजनिक भइरहेका बेला अर्थमन्त्री वाग्लेले पहिलो पटक सार्वजनिक रूपमा कडा प्रतिक्रिया दिनुभएको हो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी