काठमाडाैं । राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले उपाध्यक्षसहित पाँच जना पूर्व राष्ट्रिय खेलाडीलाई राखेप बोर्ड सदस्यमा मनोनयन गरेपछि उनीहरूले पदबहाली गरेका छन् ।
राखेपको बोर्ड सदस्यमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचन, राष्ट्रिय टेबलटेनिस खेलाडी सिक्का सुवाल, राष्ट्रिय बुद्धिचाल खेलाडी मोनालिसा खम्बू तथा पूर्व फुटबलर पवन शाही मनोनित भएका हुन् ।
पदबहालीपछि नवनियुक्त उपाध्यक्ष श्रेष्ठले खेल मैदानबाट खेल प्रशासन र नीतिगत तहमा काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै जिम्मेवारी थपिएको बताए ।
“खेल मैदानबाट खेल विकास गर्ने स्थानमा आउन पाउँदा निकै हर्षित छु । साथै अझ धेरै जिम्मेवारी बोध भएको छ,” उनले भने, “हाम्रो अगाडि धेरै कामहरू छन् । समग्र खेलकुद विकासका लागि हामी समर्पित छौं ।”
उनले नेपाली खेलकुदको समग्र विकासका लागि सबै सरोकारवाला एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
“हामी खेल विकासका लागि निरन्तर लागिपर्नेछौं। सबै मिलेर नेपाली खेलकुदलाई अगाडि बढाउनुपर्छ । होस्टेमा हैंसे गर्दै अघि बढौं । नेपाली खेलकुदलाई राम्रो उचाइमा पुर्याउन सबैको सहकार्य आवश्यक छ,” श्रेष्ठले भने ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी