हुम्ला । नेपाली कम्युनिष्ट पार्टी हुम्लाको इन्चार्जमा हस्त बहादुर शाही र जिल्ला संयोजकमा डाक्टर दिपेन्द्र रोकाया चयन हुन भएको छ । नेपाली कम्युनिष्ट पार्टीले जिम्मेवारी हेरफेर गरे अनुसार शाहीलाई हुम्ला जिल्ला नेकपाको इन्चार्जको जिम्मेवारी दिएको हो ।
फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन पछि गरिएको नेतृत्वको हेरफेरपछि पार्टी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालको हस्ताक्षरित प्रदेशलाई गरिएको परिपत्रमा शाहीलाई जिल्ला इन्चार्ज र रोकायालाई जिल्ला संयोजक तोकिएको हो ।
जिल्ला इन्चार्ज शाही पूर्व समाजवादीको नेता हुनुहुन्छ भने संयोजक डाक्टर रोकाया पूर्वमाओवादीका जिल्ला अध्यक्ष हुनु हुन्थ्यो । यसैगरी नेकपा केन्द्रीय सर्कुलर अनुसार नेकपाको सह इन्चार्जमा रंगमल रोकाया र सह संयोजकको जिम्मेवारी जोसी धामीलाई दिइएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि