विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी को कोशी प्रदेश सभापतिमा चन्द्र राई निर्वाचित हुनुभएको छ। रास्वपाको प्रथम कोशी प्रदेश अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा चार जना प्रतिस्पर्धीलाई पछि पार्दै उहाँ सभापतिमा विजयी हुनुभएको हो।
यसअघि प्रदेश कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका राईले २८० मत प्राप्त गर्दै स्पष्ट अग्रतासहित विजय हासिल गर्नुभयो। उहाँकी निकटतम प्रतिस्पर्धी गोमा तामाङ (सरीन) ले १४१ मत प्राप्त गर्नुभयो।
त्यस्तै, सभापति पदका अन्य उम्मेदवार डा. खगेन्द्र कटुवाल ले ४१ मत तथा चन्द्रकुमार गौली ले २७ मत प्राप्त गर्नुभएको थियो।
निर्वाचनमा कुल ४९० मत खसेकोमा ४८९ मत सदर भएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचनमा पराजित हुनुभएकी गोमा तामाङले मतदाताप्रति आभार व्यक्त गर्दै आजैबाट सक्रिय राजनीतिबाट अलग हुने घोषणा गर्नुभएको बताइएको छ।
रास्वपाले प्रदेश संरचनालाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजना गरेको पहिलो प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो। नवनिर्वाचित सभापति राईको नेतृत्वमा कोशी प्रदेशमा पार्टी संगठन विस्तार र सुदृढीकरणको कामले थप गति लिने अपेक्षा गरिएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि