काठमाडौं । श्रम संस्कृति पार्टी का अध्यक्ष हर्कराज राई ले आफ्ना राजनीतिक मागहरू यथावत् रहे पनि बजेट प्रक्रियालाई लामो समयसम्म अवरुद्ध राख्नु उपयुक्त नहुने बताउनुभएको छ।
प्रतिपक्षी दलहरूबीच भएको छलफलपछि बजेटजस्तो महत्वपूर्ण विषयलाई धेरै समयसम्म अल्झाइराख्नु उचित नहुने निष्कर्षमा पुगेको जानकारी दिँदै अध्यक्ष राईले माग पूरा नभएसम्म सदनभित्रका विरोध कार्यक्रम भने जारी रहने स्पष्ट पार्नुभयो।
विगत १० दिनदेखि जारी राजनीतिक गतिरोधका सन्दर्भमा बोल्दै उहाँले विवादित विषयमा सम्बन्धित पक्षले संसदमा उपस्थित भएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने अडान दोहोर्याउनुभयो।
अध्यक्ष राईले प्रतिपक्षी दलहरूबीचको कार्यगत एकतालाई महत्व दिँदै आफूहरू अन्य विपक्षी दलहरूसँग समन्वय गरेर अघि बढिरहेको बताउनुभयो। उहाँका अनुसार विकास र बजेट कार्यान्वयन प्रक्रियालाई निकास दिन आवश्यक लचकता अपनाउनुपर्नेमा सबै पक्ष सहमत भएका छन्।
“हाम्रा मागहरूमा हामी दृढ छौँ र सदनभित्र विरोधका कार्यक्रमहरू जारी रहनेछन्। तथापि, बजेटजस्तो महत्वपूर्ण विषयलाई महिना दिनसम्म रस्साकसीको अवस्थामा राखिरहनु उपयुक्त नहुने साझा निष्कर्षमा हामी पुगेका छौँ,” अध्यक्ष राईले भन्नुभयो।
पछिल्लो समय विभिन्न राजनीतिक मागहरूलाई लिएर विपक्षी दलहरूले संसदमा विरोध जनाउँदै आएका छन्। त्यसका कारण बजेटमाथिको छलफल र अन्य संसदीय गतिविधि प्रभावित हुँदै आएको थियो। तर बजेट पारित गर्ने संवैधानिक समयसीमा र विकास योजनाको आवश्यकतालाई ध्यानमा राख्दै विपक्षी दलहरूले बजेट प्रक्रियालाई निरन्तर अवरोध नगर्ने संकेत दिएका छन्।
निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि