काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयक, २०८३ प्रस्तुत गरिएको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्नुभएको हो। सोही क्रममा उहाँले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पनि प्रस्तुत गर्नुभएको छ।
त्यस्तै, अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई विचार गरियोस् भन्ने प्रस्तावसमेत प्रतिनिधिसभामा पेश गर्नुभएको छ।
यी विधेयकहरू आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन, सार्वजनिक ऋण व्यवस्थापन तथा मौद्रिक नीतिगत संरचना परिमार्जनसँग सम्बन्धित रहेका छन्।
सरकारले बजेट कार्यान्वयनलाई सहज बनाउने र आर्थिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित यी विधेयकहरू अघि बढाएको जनाएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि