काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरिबी न्यूनीकरणका लागि केवल नगद वितरण पर्याप्त नहुने बताउनुभएको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले सरकारले सामाजिक सुरक्षाका कार्यक्रम कटौती नगरेको स्पष्ट पार्नुभयो। बरु केही क्षेत्रमा ती कार्यक्रम विस्तार गरिएको जानकारी दिनुभयो।
उहाँले सरकारको प्राथमिकता मानिसलाई दीर्घकालीन रूपमा सहायता लिन बाध्य बनाउने होइन, बरु आयआर्जन र रोजगारीमार्फत आत्मनिर्भर बनाउने रहेको बताउनुभयो।
अर्थमन्त्री वाग्लेले गरिबी न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय स्थायी रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्नु भएको उल्लेख गर्दै आगामी बजेटले कृषि, उद्यमशीलता र निजी क्षेत्रलाई सशक्त बनाउने लक्ष्य लिएको दाबी गर्नुभयो।
उहाँले सरकारको आर्थिक नीति निजी क्षेत्रसँगको सहकार्यमा आधारित रहेको स्पष्ट पार्दै राज्यले सबै काम आफैं गर्ने वा निजी क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने पुरानो सोचबाट सरकार बाहिर निस्किएको बताउनुभयो।
“बजार स्वनिर्मित हुँदैन, राज्यले बनाउँछ। बजार स्वनियन्त्रित हुँदैन, राज्यले नियमन गर्छ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार प्रतिस्पर्धात्मक अर्थतन्त्रमार्फत समतामूलक समृद्धि हासिल गर्न बलियो राज्य र सक्षम निजी क्षेत्रबीचको सहकार्य आवश्यक छ।
विगतमा नियामकीय कमजोरीका कारण क्रोनी क्यापिटलिज्म र आर्थिक विकृति देखिएको उल्लेख गर्दै उहाँले त्यस्ता प्रवृत्तिहरू अन्त्य गर्ने सरकारको उद्देश्य रहेको बताउनुभयो।
अर्थमन्त्री वाग्लेले सामाजिक सुरक्षा कार्यक्रमहरू नघटाइएको र बरु विस्तार गरिएको दाबी गर्दै नगद वितरण मात्र गरिबी घटाउने उपाय नभएको स्पष्ट पार्नुभयो।
निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि