काठमाडौं । विश्व वातावरण दिवस २०२६ का अवसरमा मेटलाइफ नेपालले शंखरापुर नगरपालिकाअन्तर्गको प्रताप गाउँमा बृहत् वृक्षारोपण स्वयंसेवी कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम मेटलाइफ फाउण्डेसनको आर्थिक सहयोग तथा आर्बर डे फाउण्डेसन र फिल्ड इन्स्टिच्युट फर इकोकल्चरल रिस्टोरेसन (इको कल्चर) को सहकार्यमा सञ्चालन गरिएको हो । काठमाडौंबाट करिब ४५ मिनेटको दूरीमा रहेको प्रताप गाउँमा आयोजित कार्यक्रममा मेटलाइफ नेपालका करिब ५० जना सहकर्मीले एफ ०२६ राजमार्ग तथा शंखरापुर सडक करिडोर आसपास पाँच सयवटा फलफूल, बदाम तथा स्थानीय प्रजातिका बिरुवा रोपेका थिए ।
कम्पनीका अनुसार उक्त पहलले एकल बाली प्रणाली (मोनोकल्चर खेती) बाट दिगो कृषि–वन प्रणाली (एग्रोफरेस्ट्री) तर्फ रूपान्तरणलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । वातावरणीय संरक्षणसँगै स्थानीय समुदायका लागि दीर्घकालीन आम्दानीका अवसर सिर्जना गर्ने उद्देश्यले टिमुर, ओखर तथा आरुका बिरुवा छनोट गरी रोपिएको हो ।
हिमाली फेदीमा अवस्थित शंखरापुर नगरपालिकाअन्तर्गतको प्रताप गाउँ माटो कटान, बाढी तथा पहिरोजस्ता वातावरणीय जोखिमप्रति संवेदनशील क्षेत्र मानिन्छ । जैविक विविधता संरक्षण, जमिनको स्थायित्व अभिवृद्धि तथा पुनःवनरोपण र कृषि अभ्यासको संयोजनमार्फत् समुदायको उत्थानशीलता सुदृढ गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण तथा अनुगमन सुनिश्चित गर्न इकोकल्चर संस्थाले स्थानीय समुदायसँग निरन्तर सहकार्य गर्ने जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…