हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको-६ को बराईमा स्काभेटर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका इनिष्पेक्टर विष्णु श्रेष्ठकाअनुसार सडक खन्ने क्रममा बिहिबार राती स्काभेटर पल्टिएर चालकको घटनास्थलमै मृत्यु भएको हाे ।
बिहिबार राती १२ बजे सडक खन्ने क्रममा स्काभेटर सडक भन्दा करिब ५० मिटर तल खस्दा दैलेख घर भई हाल बर्दियामा बस्दै आएका अन्दाजी २५ वर्षका कृष्ण रावतको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी समेत रहेका इनिष्पेक्टर श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयमा जानकारी आउने बित्तिकै जिल्ला प्रहरी कार्यालय सिमकोटबाट प्रहरी निरिक्षक जंग बहादुर सिंहको कमाण्डमा अनुसन्धान टोली त्यस तर्फ गएको सुचना अधिकारी श्रेष्ठले बताउनु भयो । घटना हुने बित्तिकै सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको जानकारी प्राप्त भएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी