काठमाडाैं । नवलपुर विनयी त्रिवेणी गाउँपालिका-१ को बगुवन र सिसेनी क्षेत्रमा हावाहुरीसहितको वर्षाले भित्राउने तयारीमा रहेको धानबालीमा ठूलो क्षति पुर्याएको छ ।
मंगलबार आएको हावाहुरीका कारण बगुवन र सिसेनी क्षेत्रमा ६३ घरपरिवार प्रभावित भएका छन् भने काटेर भित्र्याउने तयारीमा रहेको चैते धान खेतमै भिजेको छ ।
बगुवन क्षेत्रमा विगत ५० वर्षदेखि बसोबास गर्दै आएकी मिना विकले खेतमा काटेर भित्राउने तयारीमा राखेको धान भिज्नुका साथै हावाहुरीले घरको छाना उडाउँदा धान, चामल र लत्ताकपडा समेत भिजेको बताउनु भयाे । “पाँच कठ्ठामा लगाएको धान काटेर मुठा पार्दै गर्दा एक्कासि हावाहुरीसहित पानी पर्यो,” उहाँले भन्नुभयाे, “खेतमा धान जसोतसो कुन्यु लगाएर घर पुगेँ, घरमा पनि हावाले टिनको छाना उडाइदियो ।
धन्न ज्यान जोगियो ।”
जिल्ला कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ संजय ढकालकाअनुसार बगुवन क्षेत्रमा करिब सात बिघा क्षेत्रफलमा काटेर राखिएको धानमा क्षति पुगेको छ । अधिकांश किसानले धान भित्र्याइसके पनि करिब ३० प्रतिशत धान अझै खेतमै रहेकाले त्यसमा क्षति पुगेको उहाँले बताउनु भयाे ।
त्यस्तै, सिसेनी क्षेत्रमा करिब ५ बिघा क्षेत्रफलमा काटेको पचास प्रतिशत क्षती भएको छ भने पैतिस बिघामा नकाटिएको धानबाली असिनापानीका कारण प्रभावित भएको ढकालले जानकारी दिनुभयाे ।
विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीकाअनुसार मंगलबार आएको हावाहुरीका विस लाख बराबरको क्षति पुगेको अनुमान गरिएको छ । यहाँको सिसेनीमा २३, बगुवनमा ४०, ज्योगीकुटीमा १ र तल्लो ज्यामिरे ७ र पुरानो वस्तीमा २ गरी ७३ घरपरिवार प्रभावित भएका छन् ।
प्रभावित परिवारको घरका छाना उड्नुका साथै अन्नपात, लत्ताकपडा र अन्य सामग्रीमा समेत क्षति पुगेको छ । गाउँपालिकाले क्षतिको विवरण संकलन गर्दै आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने तयारीमा रहेको उहाँले बताउनुभयाे ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि