काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणबीच एथर नेपालले एकै दिन २०८ वटा विद्युतीय स्कुटर ग्राहकलाई हस्तान्तरण गर्दै नयाँ कीर्तिमान कायम गरेको छ ।
वैद्य इनर्जी प्रालिद्वारा सञ्चालित एथर नेपालले बिहीबार आयोजित विशेष मेगा डेलिभरी कार्यक्रममार्फत २०८ जना ग्राहकलाई ATHER ब्रान्डका विद्युतीय स्कुटर हस्तान्तरण गरेको जनाएको छ । कम्पनीकाअनुसार यो उपलब्धि नेपाली बजारमा विद्युतीय स्कुटरप्रतिको बढ्दो विश्वास र स्वच्छ यातायाततर्फको जनआकर्षणको संकेत हो ।
कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका ग्राहकहरूले आफ्नो नयाँ एथर स्कुटर ग्रहण गरेका थिए । कम्पनीले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र दिगो यातायात समाधानका कारण एथर स्कुटरप्रति उपभोक्ताको आकर्षण निरन्तर बढिरहेको जनाएको छ ।
वैद्य इनर्जीका प्रतिनिधिहरूले एथर ब्रान्डमाथि विश्वास गर्ने सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गर्दै नेपालमा स्मार्ट, स्वच्छ र वातावरणमैत्री यातायात प्रणालीको विकासमा कम्पनी प्रतिबद्ध रहेको बताए ।
कम्पनीकाअनुसार एकै दिन २०८ वटा स्कुटर हस्तान्तरण गर्ने यो उपलब्धिले एथर नेपाललाई देशको अग्रणी प्रिमियम विद्युतीय स्कुटर ब्रान्डको रूपमा थप स्थापित गरेको छ । साथै, नेपाली उपभोक्तामाझ उच्च गुणस्तरीय र नवप्रवर्तनयुक्त विद्युतीय सवारीसाधनप्रतिको माग तीव्र रूपमा बढिरहेको संकेत पनि दिएको कम्पनीको भनाइ छ ।
निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी