काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक विधेयकको विवाद समाधानका निम्ति छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने बताउनुभएको छ ।
बैठकको प्रारम्भमा नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताउनुभयो ।
उहाँले संसद्मा दर्ता भइसकेको विधेयकमा कुनै पनि प्रकारको चलखेल गर्न नपाइने उल्लेख गर्दै त्यससम्बन्धी विवादको छानबिन गर्न संसदीय संयन्त्र गठन हुनुपर्ने माग गर्नुभयो । सार्वभौम संसद्को अवमूल्यन गर्ननपाइनेमा उहाँको जोड थियो ।
नेपाली कांग्रेसका भरतबहादुर खड्काले राष्ट्र र राष्ट्रियताका विषयमा सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ भन्दै नेपाल-भारतबीचको सीमा समस्या यथाशक्य चाँडो हल गर्नुपर्ने बताउनुभयो ।
श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले सुस्तामा भारतीय सीमा सुरक्षा बलबाट नेपाली नागरिक प्रभावित भएका सूचना आफूलाई प्राप्त भएकाले त्यहाँ अवाञ्छित गतिविधि हुननहुनेमा जोड दिनुभयो ।
नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र कूटनीतिक माध्यमबाट नेपालमा समाहित गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले नेपाल-भारत सीमा विवाद चाँडोभन्दा चाँडो समाधान गर्न प्रभावकारी प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि