काठमाडौं । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि जेठ ३१ गते चीन प्रस्थान गर्ने हुनुभएकाे छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी सहकार्य विस्तार गर्ने तथा साझा हितका विविध विषयमा छलफल हुने जनाइएको छ।
भ्रमणका क्रममा उहाँले चीनका उच्च सरकारी अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले नेपाली दूतावास बेइजिङ ले आयोजना गर्ने लगानी सम्मेलनमा समेत मन्त्री खनाल सहभागी हुनुहुनेछ। सम्मेलनका अवसरमा उहाँले चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग लगानी, व्यापार र आर्थिक सहकार्यका सम्भावनाबारे छलफल गर्ने कार्यक्रम छ।
परराष्ट्रमन्त्री खनालको सम्मानमा बेइजिङस्थित नेपाली दूतावासले स्वागत समारोहको आयोजना गर्नेछ। उक्त समारोहमा उहाँले चीनमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया पनि गर्नुहुनेछ।
चारदिने भ्रमण सम्पन्न गरी मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि