काठमाडाैं । आर्थिक विधेयकमार्फत करका दर हेरफेर र बजेटपूर्व सूचना चुहाएको आरोपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानविन गर्नुपर्ने माग राष्ट्रिय सभामा समेत उठेको छ ।
सभाको शुक्रवारको बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद श्रीकृष्णप्रसाद अधिकारीले वाग्लेमाथि छानविन गर्न माग गर्नुभएको हो । सांसद अधिकारीले संसदमा टेबुल भइसकेको विधेयकमा संशोधन संसदले मात्र गर्नसक्ने संवैधानिक व्यवस्था रहेको समेत उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संसदमा टेबुल भएको अर्थ विधेयकमा अस्पष्टता र भाषिक त्रुटी सच्याउन भन्दै अर्थ मन्त्रालयले ल्याएको पाँच बुँदे पत्रमा करका दरमा हेरफेर गरिएको छ । बजेट भाषणको मुखैमा ठुलो परिणामा ईभी गाडी भित्रिनु, यता अर्थ विधेयकमा करका दरमा हेरफेर भएर आएको विषयलाई सवत्र्र शंकाको रुपमा हेरिएको छ । विधेयकमाथि विचार गरियोस् भनेर रुलिङ समेत नहुँदै करका दरमा हेरफेर गर्नुको हतारो के हो ? माननीय अर्थमन्त्रीज्यूसँग उठेको प्रश्नमाथि छानविनको माग गर्दछु ।’
उहाँले बजेट भाषणको मुखैमा ठूलो परिणामा विद्युतीय सवारी भित्रिनु र अर्थ विधेयकमा करका दरमा हेरफेर भएर आएको विषयलाई सामान्य रुपमा लिन नसकिने बताउनु भयो ।





निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…