काठमाडौं । आगामी आर्थिक वर्षको विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमाथिको छलफल असार १ गतेदेखि सुरु हुने भएको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले असार १ देखि ४ गतेसम्म मन्त्रालयगत बजेट शीर्षकहरूमाथि छलफल गर्ने समय तोकिएको घोषणा गर्नुभएको हो।
सभामुख अर्यालले उक्त छलफलमा भाग लिने सांसदहरूले सम्बन्धित संसदीय दलमार्फत बैठक बस्नुभन्दा कम्तीमा एक घण्टा अघि नाम दर्ता गराउन आग्रह गर्नुभएको छ।
उहाँले भन्नुभयो, “विनियोजन विधेयक, २०८३ का विभिन्न मन्त्रालय तथा सचिवालय अन्तर्गतका शीर्षकहरूमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले प्रश्नहरूको जवाफ दिन असार १ देखि ४ गतेसम्म समय निर्धारण गरिएको छ।”
यसैबीच, बैठकले विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।
अब आगामी दिनमा संसदमा मन्त्रालयगत बजेट, खर्च योजना र प्राथमिकतामाथि विस्तृत छलफल हुने भएको छ।
निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी