काठमाडौं । प्रतिनिधिसभाको बैठक असार १ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।
सभामुख डोलप्रसाद अर्यालले शुक्रबारको बैठक असार १ गतेसम्मका लागि स्थगित गर्ने घोषणा गर्नुभएको हो।
शुक्रबारको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले ले “विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव पेस गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।
त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ले राष्ट्रिय सभाबाट उत्पत्ति भएको “अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३” माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो, जुन पनि बैठकले स्वीकृत गरेको छ।
बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी श्रेष्ठ ले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी (१९४७) नम्बर ८१ र बाध्यकारी श्रमसम्बन्धी प्रोटोकल (२०१४) नम्बर २९ प्रस्तुत गर्नुभएको छ।
अब प्रतिनिधिसभाको अर्को बैठक असार १ गते बिहान ११ बजे बस्नेछ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी