काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीको सम्भावित संलग्नता देखिएपछि छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको छ।
मन्त्रालयस्तरीय निर्णयअनुसार गठन गरिएको उक्त समितिको संयोजकमा सहसचिव चन्द्रकान्त भुसाल रहनुभएको छ।
समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहनुभएको छ।
मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको आशंका देखिएपछि छानबिन प्रक्रिया अघि बढाइएको हो।
समितिलाई कर्मचारीहरूको भूमिका, जिम्मेवारी, कागजात प्रमाणीकरण प्रक्रिया तथा सम्भावित कमजोरीबारे अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।
मन्त्रालयले यसअघि नै शंकास्पद कागजातका आधारमा सिफारिस गरिएका विदेशी नागरिकहरूको भिसा प्रक्रियालाई अघि नबढाउन सम्बन्धित निकायलाई अनुरोध गरिसकेको छ।
मन्त्रालयले उक्त घटनालाई अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको गम्भीर विषयका रूपमा लिँदै अनुसन्धानपछि आवश्यक प्रशासनिक तथा कानुनी कदम चालिने स्पष्ट गरेको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी